कैलालीबाट लागुऔषधसहित ४ जना पक्राउ

श्रावन २८ -धनगढी, कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर  ८ स्याउलेबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार शनिवार साँझ पश्चिमबाट पूर्व जाँदै गरेको सुपप्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक वर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २३ वर्षिय रिजनकुमार बुढा र मोटरसाइकलमा सवार वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का २३ वर्षिय चेतन पौडेल लागुऔषधसहित पक्राउ परेका छन्।

स्याउले पोष्टबाट प्रहरी सहायक निरिक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चेकजाँच गर्दा पौडेलको साथबाट १ ग्राम ३४० मिलीग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यस्तै  कैलालीको अत्तरियाबाट आगुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोडस्थित एक होटलमा काम गर्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का  १८ वर्षिय दिपेश धामीलाई पक्राउ गरेको थियो। उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका वडा नम्बर का  ३६ वर्षिय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

 

धामीको साथबाट १६० मिलीग्राम लागुऔषध फेला परेको थियो। धामीले दिएको बयानका आधारमा पक्राउ परेका खत्रीको साथबाट ९८० मिलीग्राम लागुु औषध बरामद गरिएको हो।

दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्