श्रावन २६-अर्घाखाँची, आफैँले बोकेको भरुवा बन्दुक पड्किएर अर्घाखाँचीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–७ पानडाँडाका ४५ वर्षीय पदम केसी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रमुख एवम् डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ । बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बोकेको बन्दुक पड्किएर उनको मृत्यु भएको उहाले प्रहरीको भनाई छ ।
आज बिहान सवा ११ बजेतिर आफैँले बोकेको बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । भरुवा बन्दुक नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्