श्रावन २४-काठमाडौं, अनलाइन मार्फत यौनहिंसा गरेको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँ बस्ने सुरेश तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले फेसबुकमार्फत नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अडियो र भिडियो कलको माध्यमद्वारा मानसिक तनाव दिएपछि नाबालिकाले प्रोफाइल ब्लक गरेको र तत्पश्चात् पनि अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख हैरानी दिएको खुल्न आएपछि साईबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरुलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्