श्रावन २१-जुम्ला, चन्दननाथ नगरपालिका-६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।
सर्लाही, मलंगवा नगरपालिका-१ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय सरोज साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ बस्ने २९ वर्षीय दिपक रानालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्का समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका-२ टाँडीचोकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ करिब ५ किलो १ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने ३२ वर्षीय भिमलाल तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले बा.८७ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित ईलाम मङसेबुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय युवराज लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पन्थपाडाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका
डडेलधुरा, अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम साफेबगर नगरपालिका-४ बस्ने २९ वर्षीय असोक स्वार र अछाम चौरपाटी गाउँपालिका-४ बस्ने ३२ वर्षीय गणेश धामी रहेका छन् । चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ आउँदै गरेको सु.प.प्र. ०३ ००१ प ००८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित मोटरसाइकल चालक स्वार र मोरसाइकलमा सवार धामीलाई पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-७ पशुहाटमाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ५ सय ६० क्यापसुल, स्पास्पेन ७ हजार ट्याब्लेट र प्र १-०१-०१२ प ८५३५ नम्बरको स्कटुरसहित दमक नगरपालिका-७ सयपत्री टोल बस्ने २६ वर्षीय दिपेश खड्का लगायत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको छ ।
यसैगरी झापा, दमक नगरपालिका-९ चिया वगानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय रोहित गौतमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध डाईजोपाम १० एम्पुल, फेनारगन १० एम्पुल, र बुप्रिनोर्फिन १० एम्पुलसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ मोतिगडा बस्ने २१ वर्षीय कमल कुमार सदा र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले वा.५ख ७८७० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतः नेपाल प्रहरी
प्रतिक्रिया दिनुहोस्