१३ श्राउन रौतहट, रौतहटमा एक युवकमाथि घरेलु हतियार भाला प्रहार भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका ८ का २६ वर्षीय शम्भु राममाथी भाला प्रहार भएको प्रहीले जनाएको छ । शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिनुभएको छ ।
दायाँ कोखामा भाला लागेर गम्भिर घाइते भएका उनको नेशनल हस्पिटल विजयपुरमा उपचार भइरहेको छ । भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको डीएसपी यादवले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्रोतः तुलसीपुर खबर
प्रतिक्रिया दिनुहोस्