नियन्त्रित लागूऔषधसहित मोरङ र सप्तरीबाट पक्राउ

मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभिन ५ सय ७६ ट्याब्लेट, निट्रोसन १ सय ट्याब्लेट र डाइलेक्स डिसी २ बोतलसहित सुनसरी धरान उपमहानगरपालिका-१८ बस्ने ३१ वर्षीय दिवस लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ६५४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनी लुकाई ल्याएको उक्त नियन्त्रित लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

 

सप्तरी, बोदेबर्साईन नगरपालिका-५ सत्रुध्न चौकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० पीससहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खडक नगरपालिका-४ पन्सेरा बस्ने २२ वर्षीय राजु चौधरी र सोही ठाउँ बस्ने २४ वर्षीय मुकेश कुमार चौधरी रहेका छन् । प्र.२.०१-००२ प ९८५४ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्