बिर्तामोडमा एक बालकको रहस्यम मृत्यु

बिर्तामोड, ८ साउन । झापामा दुई बर्षीय एक बालकको मृत्यु रहस्यमय बनेसंगै प्रहरीले शब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

 

बिर्तामोड नगरपालिका–७ निवासी रवि मियाका दुई वर्षीय छोरा मोहमदको रहस्ययम मृत्यु भएसंगै शव परीक्षणका लागि धरान पाठाएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । बालककी आमा दश दिनअघि घर छाडेर बेपत्ता भएसंगै उनी बुवा र हजुरआमाको हेरचाहामा थिए । उनी आज विहान मृत फेला परेको र उनको घाँटीमा धेरै कमिला देखिएपछि प्रहरीले शव परीक्षणका लागि धरान पाठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्