ज्यान मुद्दामा कैद सजाय तोकिएका २२ वर्षपछि पक्राउ

श्रावण ३-स्याङजा, स्याङजामा ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

कर्तव्य ज्यान मुद्दामा २२ वर्षदेखि फरार भीरकोट नगरपालिका–७ का ४३ वर्षीय जमुना अर्याल र सवारी ज्यान मुद्दामा १८ वर्षदेखि फरार बिरुवा गाउँपालिका–४ का ५४ वर्षीय दुर्गबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।।

प्रतिक्रिया दिनुहोस्