गुल्मीमा चट्याङ लागेर किशोरीको ज्यान गयो

असार २८-गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गएको छ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलाल रहेकी छिन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार हिजो साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।

स्रोतः मेचीकाली खबर

प्रतिक्रिया दिनुहोस्