भारतको बिहार ४५ वर्षीया महिलाको निर्ममतापूर्वक हत्या

 

भारतको बिहार खगरियाबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँ जग्गा विवादका कारण ४५ वर्षीया महिलाको निर्ममतापूर्वक हत्या भएको छ । जानकारी अनुसार शनिबार साँझ सुलेखा देवीलाई ४ जना अपहरणकारीले कुटपिट गरेका थिए । चक्कुले उनको आँखा बाहिर निकाले त्यसपछि जिब्रो र गुप्तांग पनि काटियो। जसका कारण महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

ताना पर्राहा प्रहरी चौकी इलाकाको बहियार गाउँका हुन् । महिला खेतमा काम गर्न गएका बेला उक्त घटना भएको हो । ९ वर्षअघि श्रीमान् र जेठाजुको हत्या गर्ने सोही व्यक्तिले महिलाको हत्या गरेको बताइएको छ । एक हत्या अभियुक्त भर्खरै धरौटीमा जेलबाट छुटेका थिए । ती महिलाको छिमेकीसँग ५ बिघा जग्गालाई लिएर विवाद भइरहेको गाउँलेले बताए । त्यसैका कारण २५ अप्रिल २०१४ मा बदमाशहरूले महिलाका श्रीमान बब्लु सिंह र जेठाजुलाई पनि गोली हानी हत्या गरिएको थियो । हाल एक अभियुक्त पक्राउ छ। बाँकी तीन अभियुक्त अझै फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्