असार २१-काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आम उपभोक्ताले सञ्चालन गर्दै आएको खानेपानी उपभोक्ता समिति खारेज गरेपछि समितिका पदाधिकारीहरु विहिवार आन्दोलनमा उत्रिएका छन् ।
चन्द्रागिरि नगरपालिकाको बाह्रौं नगरसभाले चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक९२०८० पारित गरेको खबर आए लगतै नगरभित्र स्थानीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत् सञ्चालन हुँदै आएको समिति नगरपालिकाले जबरजस्ती गरेको भन्दै त्यसको विरोधमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने देखि लिएर सशक्त आन्दोलनमा जाने चेतावनी दिएका थिए । नगरपालिकाको उक्त निर्णयको विरोधमा उपभोतmा समितिले सोहि पालिकाका नगरप्रमुख घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाएका छन् भने नगरले खानेपानी वितरणलाई व्यवस्थित गर्न कानुन ल्याएको भन्दै अफ्ठयारो नहुने गरि काम अघि बढाउने नगर प्रमुख गिरीले बताएका छन् ।
एक लाख ५५ हजार जनसंख्या रहेको नगरपालिकामा २६ वटा उपभोक्ता समिति छन् । समितिको सबै अधिकार आफ्नो अधिनमा राख्ने निर्णय नगरपालिकाले गरेको भन्दै नगरले पारित गरेको कानुन खारेज नगरे सिर्जना भएको द्वन्द्व बढ्दो क्रममा रहेको समेत समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्