उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुन नसक्दा आफू आहत भएको जनाएका छन् । गृहमन्त्री श्रेष्ठलेसामाजिक सञ्चालमार्फत यस्तो दुःखेसो पोखेका हुन । गृहमन्त्रीले विधेयक पारित गर्न नदिएबाट पीडित जनताकापक्षमा छ र को विपक्षमा छ भन्ने पनि स्पष्ट भएको जनाएका छन ।।
उनको भनाई:
धेरै समय पछि आज पुन: सामाजिक सञ्जालमा आएको छु।
आज म धेरै आहात भएको छु।आज प्रतिनिधिसभाबाट मिटर ब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो ।तर गरिएन ।आजै देखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ्।यसबाट को पिडीत जनताको पक्षमा छ र को बिपक्षमा छ भन्ने स्पष्ट भएको छ ।
तर सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ।पिडितलाई न्याय दिने यो अभियान लाई असफल पारियो भनेर पिडक वा तिनका पक्षधरहरुले सोचेका छन भने त्यो ठुलो भ्रम हो । पिडीतलाई न्याय नदिलाई बिश्राम लिईनेछैन ।
आयोगले काम जारी राख्नेछ ।प्रजिअ कार्यालयमा सहजिकरण समितिको काम निरन्तर अघि बढ्नेछ। बिधेयक संसदको प्रकृयामा छ ,अघि बढाईनेछ र कानुन बनाइछाडिनेछ ।तसर्थ पिडितहरुलाई निरास नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र बिजय सुनिश्चित छ ।
प्रतिक्रिया दिनुहोस्