इजरायलको सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता हुन थालेको छ ।
दुई दिनसम्म शिविरमा सैन्य कारबाही गरेर इजरायलको सेना फर्केको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकबादविरुद्धको लडाई हाललाई रोकेको भन्दै सेना फिर्ता भएको जानकारी दिएका हुन । सेना फिर्तासँगै जेनिन शान्त भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । यस्ता अभियान भविश्यमा पुनः सञ्चालन हुने चेतावनी प्रधानमन्त्री नेतान्याहुको छ ।
२ दिन सम्मको भिडन्तमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको मृत्यु भएको थियो । आक्रमणबाट तेल अबीबको ब्यस्त बजारमा ७ जना सर्वसाधारण घाइते भएका थिए । जेनिनको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी इजरायली सेनाले हवाई तथा स्थल आक्रमण गरेको हो । आक्रमणबाट सय जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनीको दाबी छ ।।
प्रतिक्रिया दिनुहोस्