असार १३-काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ बस्ने ३३ वर्षीय सूर्य थोकर भन्ने सूर्य बहादुर थोकरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलालाई थोकर समेतका प्रतिवादीहरुले २०६८ असोज २६ गते राति पीडितकै घरमा पालैपालो बलात्कार गरी धारिलो हतियारले घाँटी रेटी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरको २०७८ वैशाख ५ गतेको फैसलाले ज्यान मारेको तर्फ २० वर्ष, ज्यान मार्ने षडयन्त्र गरेतर्फ १२ वर्ष, जबरजस्ती करणी गरेतर्फ ७ वर्ष र सामूहिक रुपमा जबरजस्ती करणी गरेतर्फ ५ वर्ष गरी जम्मा ४४ वर्ष कैद सजाय ठहर भई फरार भएका थोकरलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उदयपुर त्रियुगा नगरपालिका-१२ गाईघाटबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्