हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ : महेश बर्तौला

बुधवार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताएका छन ।

 

उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताएका छन  । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरबिरोध, असमझदारी र अविश्वासले ढल्ने बताउनु भयो । उनले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट परे । बर्तौलाले एमालेले आफ्नै सामथ्र्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताए । समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पु¥याउने उनले बताए ।

 

उनले भने – ‘नेकपा(एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भुमिका निर्वाह गरिरहेको छ । नागरिकहरुको मुद्दालाई केन्द्रमा
राखेर, राष्ट्र हीतको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदी नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । कतिखेर यो सरकार ढल्ने , एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरु बिचको अन्तरबिरोध, असमझदारी छ,
जुनखालको अविश्वास छ, त्यसको कारणले गर्दापनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ । यदी यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट
निर्माण गर्नुपर्ने कुनै जरुरी थियो रु किन गर्नुभयो भन्दा उहाँहरुको आयु, उहाँहरुको पद जतिखेर पनि धरापमा छ । त्रासमा हुनुहुन्छ । त्रासका कारणले अनेकौँ खालका गुट निर्माण गरेर हिँडिरहनुभएको छ । यसले देशलाई अन्योलतातर्फ, अस्थिरतातर्फ लानलाई मद्दत पु¥याउँछ । राजनीतिक असमझदारी, राजनीतिक अन्यौलता सिर्जना गर्न यसले भुमिका निर्वाह गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्