लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका लागि सरकारले बजेट न छुट्टाउँदा सांसदले उठाए प्रश्न

 

असार ३ काठमाडौं , सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले नेपाली भूमि लिपुलेक,
लिम्पियाधुरा, कालापानीको विकास र सिमा संरक्षण गर्न सरकारले बजेट
नछुट्याउनुले शंका उब्जिएको बताएका हुन । उनले सो क्षेत्रका
नागरिकहरुको जनगणना किन गरिएन भन्ने प्रश्न समेत गरे । उनले भारतमा
ग्रेटर भारताको नक्शामा नेपाली भूमि समेटिएको विषयमा सरकार बोल्नुपर्ने
र भारत सरकारलाई पत्र पठाएर सो नक्शा खारेज गर्न
लगाउनुपर्ने माग गरिन। उनले इपिजी प्रतिवदेन नेपालका
प्रधानमन्त्रीले एकतर्फी रुपमा बुझेर भएपनि त्यहाँ उल्लेखित विषयहरु नेपाली
जनतालाई सार्वजनिक गर्नुपर्ने बताइन।

उनले भनिन –
भारत भ्रमणको बेला किन प्रधानमन्त्रीले यो विषय उठाउन सक्नुभएन । अब यो
प्रतिवेदन ग्रहण नेपालका प्रधानमन्त्रीले ग्रहण गरेर सार्वजनिक गर्नुपर्दछ
। नागरिकले यसभित्र के छन् थाहा पाउनुपर्दछ । भारतको ग्रेटर नक्शामा
नेपालको भूमि समेटिएको विषयमा सरकार किन नबोलेको हो, तुरुन्तै सरकारले यो
विषयमा बोल्नुपर्छ । पत्राचार गरेर त्यो खारेज गर्न लगाउनुपर्छ अविलम्ब ।
यो म सरकारलाई जोडदार माग गर्न चाहन्छु । लिपुलेक, लिम्पियाधुरा,
कालापानीको विकास र सिमा संरक्षण गर्न सरकारले किन बजेट छुट्टयाएको छैन रु
त्यहाँका नागरिकको किन जनगणना गरिएन रु यसमा आम नागरिक माथि शंका उब्जिएको छ
।’

प्रतिक्रिया दिनुहोस्