डोटीकी एक महिलाको भारतमा बलात्कारपछि हत्या

असार ३, धनगढी । डोटीकी एक महिलाको भारतमा हत्या भएको छ। जिल्लाको शिखर नगरपालिका सुर्काल घर भई हाल भारतको गुजरातस्थित वापीमा बस्दै आएकी लक्ष्मी पार्कीको हत्या भएको हो ।

 

उनको  घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो । उनी श्रीमान् अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन् । उनका श्रीमान् कोठाभन्दा केही पर एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेको आफन्त नरेश पार्कीले बताए ।

 

स्रोतः धनगढी खबर

प्रतिक्रिया दिनुहोस्