महोत्तरको २ स्थानमा मृत्युको घटना

महोत्तरीमा सोइजन काटेको विषयमा विवाद हुँदा एकजनाको मत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका १० वटौवाका ५५ वर्षीय छविलाल मण्डल छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीका अनुसार गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल, स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । कुटपिट हुँदा निधार र छातीमा गम्भीर चोट लागेर छविलाल गम्भीर घाइते भएका थिए ।

 

तेस्तै, महोत्तरीमा मन्दिरको प्रतिक्षालयमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान करिब साढे ९ बजेको समयमा जिल्लाको गौशाला नगरपालिका १ रामनगर स्थितमा रहेको पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा भारतको उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ नाम गरेको व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

स्रोतः महोत्तरी न्युज

प्रतिक्रिया दिनुहोस्