सिन्धुलीमा सर्पले डस्दा एकै परिवारका दुई बालकको मृत्यु भएको छ ।
दूधौली नगरपालिका १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडी राति सुतिरहेकै ठाउँमा सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार सिमेन्ट र ब्लकले बनेको टालीको छानो भएको एक तल्ले घरमा आमाबुबासँगै सुतिरहेका छोराहरुलाई सर्पले डसेको हो ।
ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा निलडाम देखिएको थियो। आमा गङ्गा पहाडीले राति ३ बजे छोराहरु छट्पटाएको थाहा पाएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुर लगिएको थियो । जानकी हेल्थ केयर जनकपुरका डाक्टरले उनीहरुको मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्