२५ चैत- काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ८ किलो ८ सय ५५ ग्राम सहित भारतीय नागरिक २८ वर्षीय SANDEEP KOOVATTUMOOLA UNNI आइतबार दिउँसो पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा वैङ्ककबाट काठमाडौं आएका उनलाई भन्सार एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ४५ ट्याब्लेट र स्पास्मो ८ ट्याब्लेट सहित काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २८ वर्षीय सुनिल गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल, ब्रुप्रेनोर्फिन २९ एम्पुल र नगद १८ हजार रूपैयाँ सहित भरतपुर महानगरपालिका-४ लंकु बस्ने ३६ वर्षीय कृष्ण हरी कंडेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले बा.प्र.०३-००३ प १७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-६ सरस्वती टोल बस्ने ३० वर्षीय संतोष भट्टराईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-४ तारावारी प्रतिमा टोल डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका-४ घर भएका २४ वर्षीय विवेक माझीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९ हजार १ सय ८० ट्याब्लेट, स्पास्पेन १६ हजार ५ सय ७० ट्याब्लेट, नगद २ लाख ८९ हजार ७ सय ५० रूपैयाँ, ल्यापटप १ थान, मोबाइल १ थान र क्यामेरा १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
रूकुम पश्चिम, वाफिकोट गाउँपालिका-४ छिनखेत बस्ने २९ वर्षीय राजिव मल्ललाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय ३७ ट्याब्लेट, नाइट्राभेट १ हजार ८ सय ५० ट्याब्लेट, नाईट्राफास्ट २ सय ४१ ट्याब्लेट र नाइट्राजेपाम ५३ ट्याब्लेट सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ र सोही उपमहानगरपालिका-१ सिमाना क्षेत्र मगरसंघ टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७५ ट्याब्लेट र स्पास्पेरिज २ सय ८० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१ बस्ने १९ वर्षीय ओसिन डंगोललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ बस्ने २६ वर्षीय सद्दाम कुरेसी र सोही नगरपालिका-११ लालपुर बस्ने ४५ वर्षीय रमेश अहिर रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.२ प २५८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ कालिका टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय करन महरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-५ घुम्ने आईतबारे बस्ने ३० वर्षीय मिलन राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २३ ट्याब्लेट र स्पास्मो ४४ ट्याब्लेट सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ६० वर्षीय छटु यादव र १९ वर्षीय भुपेन यादवलाई अवैध लागूऔषध गाँजा ४५ किलोग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-११ मैनाबगरस्थित तिनहु रिबर साईड रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा ३ सय ९३ ग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने १९ वर्षीय बिक्की विक र कास्की पोखरा महानगरपालिका-९ घर भएका २६ वर्षीय सुमन जोशी रहेका छन् । अस्थायी प्रहरी बिट जितगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो ७ सय ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने ३८ वर्षीय रबी थिङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.३६ प २१७७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्