नेप्से ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा

२५ चैत- काठमाडौं, आज मंगलवार नेप्से ३२.४५ अंकले घटेर २६७०.९४ को विन्दुमा कायम भएको हो ।

मंगलवार ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै यस दिन नेपाल रिइन्स्योरेन्सको ३३ करोड १७ लाख ६८ हजार रुपैंया, राधि विद्युत कम्पनीको २८ करोड ३९ लाख १८ हजार रुपैयाँ, हिमालयन पावर पार्टनरको २१ करोड ४० लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्