२५ चैत- काठमाडौं, काठमाडौं महानगरपालिकाका कर्मचारीले विगत तीन महिनादेखि रोकिएको तलब प्रमुख प्रशासकीय अधिकृत आए सँगै कर्मचारीले तलब पाएका छन्।
कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ताले बताएका छन।
कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको तीन महिनाको तलब उनीहरूको बैंक खातामा पठाइएको छ। चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालयमा हाजिर गरेपछि तलबको प्रक्रिया अगाडि बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्