ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु

१८ चैत- हुम्ला, हुम्लाको सर्केगाड गाउँपालिका- ४ मा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-४ दुल्ली गाउँकी करिब ७२ वर्षकी पानकला थापाको मृत्यु भएको हो ।

 

सोमबार दिउँसो सरदमुकाम सिमकोट आउँदै गरेको भे१ ख ३७६४ नम्बर ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको भएको हो । थापाको मृत्युपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्