एक बृद्धा महिलाको काठको मुढा लागेर मृत्यु

६ चैत- गोरखा, गोरखामा काठको मुढा लागेर एक बृद्धा महिलाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो १ बजेको समयमा बोराखर्क जंगलमा घाँस काट्न गएका बेला माथिबाट काठको मुढा खसी बृद्धाको टाउकोमा लागी गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको उहो ।

 

टाउको र छातीमा गम्भीर चोट लागी अचेत अबस्थामा फेला पारी थप उपचारका क्रममा उनको मृत्यु भएकाले त्यस घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बारपाक सुलीकोट गाउँपालिका –४ टुकराङका ६९ बर्षिया बिमायाँ बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्