१ चैत- काठमाडौं, नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्री पाण्डेलाई कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका छन् ।
एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङ को नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको भन्दै बजगाईंले आपत्ति जनाएका हुन् ।
पार्टीका सहमहामन्त्री समेत रहेका पर्यटनमन्त्री पाण्डेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांसद बजगाईंले केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन ।
मन्त्री पाण्डेले दिएको अभिव्यक्ति पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत रहेको बजगाईंले आफ्नो उजुरीमा लेखेका छन् ।
मन्त्री पाण्डेको अभिव्यक्ति प्रजातन्त्रप्रति अपमानजनक मात्र नभई नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुस्प्रयास गरेको बजगाईंले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्