माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको गयो ज्यान

१ चैत- दाङ, घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगरको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको छ ।

 

घर्ती अर्का एक जना स्थानीयसहित घोराही–६ बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए । त्यही क्रममा उनलाई करेन्ट लागेको थियो ।

 

घर्तीसँगै माछा मार्न गएका डुमरगाउँका ५० वर्षीय बीरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्