१ चैत – काठमाडौं, कलंकीस्थित सिता पम्पमा खुकुरी प्रहार गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हाल काठमाडौंको बाफल बस्ने २० वर्षीय सुशील तामाङ रहेका छन्।
एकआपसमा विवाद भएपछि तामाङले कालीमाटी बस्ने ३० वर्षीय सुवास राईलाई खुकुरी प्रहार गरेका थिए। उनलाई प्रहरीले एक थान खुकुरीसहित पक्राउ गरिएको छ।
पक्राउ परेका तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्