१ चैत- काठमाडौं, नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा दिने सरकारको कुनै तयारी नभएको प्रस्ट पारे । यसअघिको कुनै सरकारले गरेको कुरालाई ल्याएर अहिले हल्ला गरिएको उनको भनाइ छ ।
अहिले सरकारकाविरूद्ध विभिन्न माध्यमबाट हल्ला फैलाइएको भन्दै यथार्थ बुझ्नुपर्ने सिंहले बताए । हल्लाको पछि लाग्दा प्राप्त अधिकार गुम्नसक्ने अवस्था आउनसक्नेतर्फ पनि उनले ध्यानाकर्षण गराए ।
उपप्रधानमन्त्री सिंहले जनताले लडेर अहिलेको अधिकार प्राप्त भएको भन्दै कसैले किस्तीमा राखेर नदिएको बताए । प्राप्त अधिकारको रक्षा गर्दै जनताको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस्