१ चैत -काठमाडौं, रुसले प्रहार गरेको २७ मध्ये १६ वटा ड्रोनलाई विफल बनाएको छ। रूसले रातारात २७ वटा ड्रोन प्रहार गरेको थियो। रुसले पनि युक्रेनले रातभरि ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। उसले युक्रेनले २८ वटा ड्रोन आक्रमण गरेको जानकारी दिएको छ। रुसको हवाई रक्षा प्रणालीले ती सबै ड्रोनलाई विफल बनाइदिएको रुसको दाबी छ। युक्रेनले मस्को र बेल्गरोड लक्षित ड्रोन आक्रमण गरेको जानकारी दिएको छ।
हालै साउदीमा भएको अमेरिका युक्रेन वार्ताले एक महिनाका लागि युद्धविराम गर्ने सहमति जुटाएको थियो। अमेरिकाको आग्रहमा युक्रेन एक महिनाको लागि युद्धविराम गर्न राजी भएको थियो तर, अमेरिकी प्रस्तावलाई भने रुसले इन्कार गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोवले युक्रेनसँग युद्धविराम गर्न अस्वीकार गरेका हुन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत बनेर स्टिभ विटकफ रुस पुगेका छन्। उनले रुसी अधिकारीसँग संवाद गरे पनि राष्ट्रपति पुटिनसँग भेटवार्ता भएको भन्ने एकिन हुन नसकेको बीबीसीले उल्लेख गरेको छ। स्टिभले रुसी अधिकारीहरूमार्फत ट्रम्पको सन्देश राष्ट्रपति पुटिनलाई पठाएको बताइएको छ।
एक महिना युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि उनले रुसी पक्षसँग लबिङ गरिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्