१ चैत-काठमाडौं, शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाउँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई दिवा स्वप्न नदेख्न पनि चेतावनी दिएका छन् ।
प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको पनि भने । आफूले पूरा कार्यकाल प्रधानमन्त्री बन्न पाएको भए दरबार हत्याकाण्डको छानबिन निचोडमा पुर्याउने बताए ।
प्रचण्डले भने ‘हामीलाई शान्तिसम्झौतामा कुनै प्रभुहरूले, राजामहाराजाहरूले ल्याएको होइन । हामीलाई पटक–पटक प्रधानमन्त्री कुनै प्रतिक्रियावादी बुर्जवाहरूले बनाएको होइन, “२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए, नेपाली जनताले बिर्सिएको छ ः मूर्ति चोर को हुन्, नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा, भाइमारा को हो ,आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ , सुन तस्कर को हो , नेपाली जनताले बिर्सिएको भन्ठानेको ”
प्रतिक्रिया दिनुहोस्