भारतमा आगलागी, ३ जनाको मृत्यु

१ चैत- नयाँ दिल्ली, भारतको गुजरात राजकोटमा एउटा भवनमा भीषण आगलागीमा तीन जनाको मृत्यु भएको छ ।

अन्य एक जना घाइते भएका छन । घाइतेको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । भवनमा सर्ट सर्किटका कारण आगो लागेको बताइएको छ । दमकल विभागले आगो नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य भएको बताइएको छ

भवनमा फसेकाहरूको उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्