पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुख्यात व्यापारी:सुदन किराँतीले

२७ फागुन- भोजपुर,  भोजपुरको षडानन्द नगरपालिकामा माओवादी केन्द्रको तेस्रो अधिवेशन उद्घाटन गर्दै सांसद सुदन किराँतीले  ज्ञानेन्द्र शाहलाई ‘गुण्डाको नाइके’सँग कुनै आशा नभएको बताएका हुन्।

उनले भनेका छन: ‘ज्ञानेन्द्र शाह नेपालबाट मूर्ति, गैंडाको खाग, हात्तीको पुच्छर र दन्त निर्यात गरेर, नेपालमा हिरोइन आयात गर्ने कुख्यात व्यापारी हो’, किराँतीले आरोप लगाउँदै भने, ‘पारस शाह पनि लागूऔषध भण्डारण र गुण्डाको नाइके भइहाले। यिनीहरूसँग आशाको धर्साे छैन, त्यसकारण पनि राजतन्त्र फर्कन सम्भव छैन।’

किराँतीले राजनीतिमा आउने चेष्टा नगर्न पूर्वराजा शाहलाई चुनौती समेत दिए । फेरि राजा फर्काउँछौँ भनेर लागेका राजावादीलाई उनले जाली, झेली र प्रायोजितको संज्ञा दिए।

 

उनले भने: ‘राजा फर्काउँछु भन्नेहरु सबै नक्कली, जाली, झेली र प्रायोजित तत्वहरू हुन्’, उनले थपे, ‘लोकतन्त्रमा दल र नेता फेरेर योग्य व्यक्तिलाई निर्वाचनबाटै ल्याउन सकिन्छ। बरू, गणतन्त्रको रोगलाई उपचार गरौँ। संविधानलाई प्रगतिशील ढंगले संशोधन गरौँ।’

 

 

प्रतिक्रिया दिनुहोस्