शेयर बजार निरन्तर घट्दो

२७ फागुन- काठमाडौं, शेयर बजार निरन्तर घट्ने क्रममा  रहेको छ ।

आज नेप्से ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा पुगेको छ । नेप्से १.१७ प्रतिशतले घट्दा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ ।

 

आज ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । यस्तै ३०३ वटा कम्पनी कारोबारमा आउँदा ९२ हजार ३१ पटक शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्