पूर्वराजा काठमाडौं फर्किदा विमानस्थलमा कडाइ

२५ फागुन- काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने तयारीमा रहेका बेला विमानस्थलमा स्वागत गर्ने तयारी भएपछि हजारौँ मानिसहरु विमानस्थल बाहिर जम्मा भएका कारण त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ ।

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराह्न काठमाडौं आउन लागेका हुन् । यस अवसरमा राजावादी दलहरूले राजाको पक्षमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

विमानस्थलमा हवाई टिकट भएका यात्रु र स्टाफबाहेक अरूलाई एयरपोर्ट भित्र छिर्ने निषेध गरिएको छ । भने अन्य व्याक्तिहरुलाई प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्