१८ माघ- गोरखा, ना ६ त ९६३० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट माछीखोला जाने क्रममा ट्याक्टरबाट खस्न गई पछाडिको पाङ्ग्राले कुल्चिएर आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर राना रहेको प्रहरीले जनाएको छ ।
‘शुक्रबार बिहान करिब २ बजेको समयमा आरुघाट माछीखोला सडकखण्डको खुर्सानी भन्ने स्थानमा उनी मृत फेला परेका थिए
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्