मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ। रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले बिरुद्ध फेरी पनि युवराज सफलले नागरिकताको बिषयमा हालेको मुद्धाका कारण रवि लामिछानेले आज सामाजिक संजालमा आफनो आक्रोस व्यक्त गरेका छन उनको भनाई अनुसार सबै प्रक्रियागत भए पनि बारमबार नागरिकताको विषयलाई लिएर आफूलाई दिक्क बनाएको भनेका छन

उनले भनेका छन

नागरिकताको विषयले आफूलाई दिक्क बनाएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आक्रोश व्यक्त गरेका छन ।
मुद्दा हाल्ने र मुद्दा हाल्नु उद्योग चलाउनु दुई अलग कुरा भएको बताउँदै रविले आफूलाई इरिटेट बनाएको बताएको हो ।
उनले आफूले नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसला अनुरूप अमेरिकी नागरिकता त्यागेको पुष्टि गरेको बताएका छन । आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गरेको बताउँदै यस विषयमा जोडेर धेरैँ इरिटेड नबनाउन आग्रह समेत गरेका छन । उनी विरुद्ध बुधबार युवराज सफलले अमेरिकी नागरिकता त्यागेको निस्सा पेस नगरेको भन्दै मुद्दा दायरा गरेको हो ।
आज सामाजिक सञ्जालमार्फत आफूलाई इरिटेड बनाउनेहरूमाथि जाइलाग्ने खालको संकेत पनि देखाएका छन । सामाजिक सञ्जालमा घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ भनेर लेखेका छन ।

उनको भनाई जस्ताको तेस्तै :
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

प्रतिक्रिया दिनुहोस्