२९ पौष- सोमबार नेप्से १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा बन्द भएको छ।
लगातार रुपमा घटी रहेको शेयर बजार गत आइतबार तीन अर्ब ९९ करोडको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ।
गत बिहीबारदेखि घट्न सुरू गरेको नेप्सेले यस दिन पनि निरन्तरता पाएको हो। यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ६६ करोड रूपैयाँ वृद्धि भएको हो।
सोमबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ वटाको घटेको छ। यस्तै पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
प्रतिक्रिया दिनुहोस्