राष्ट्रपति रामचन्द्र पौडेलले बझे महान्यायाधिवक्ताको कार्यालयकोे आर्थिक प्रतिवेदन

२८ पौष-काठमाडौँ, महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०र८१ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन ।

सो अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायतका काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने एवं मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सकेमा कानुनी शासनको बढोत्तरी तथा खासगरी फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्