२८ पौष-मकवानपुर, मकवानपुर जिल्ला प्रहरी कार्यालयले ठूलो परिमाणमा चरेस, अफिम र गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ परेका छन ।
भारतको हरियाणा जिल्लाको ग्राम पंचायत गोविन्द नगर थाना सदर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र सोही ठाउँका न्यु सुवास नगर थाना सदर घर भएका २० वर्षीय मनिस कुमारलाई पक्राउ परेका हुन ।
डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागूऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी अर्यालले बताए ।
हेटौंडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिप्रका हेटौंडामा जिम्मा लगाएको थियो । उनीहरूलाई आइतबार बिहान प्रहरीले सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्