वैश्य महासंघको बारा जिल्ला अध्यक्षमा शिवकुमार सर्राफ निर्वाचित

८ पोष-कलैया, मधेशको प्रभावशाली संगठन वैश्य महासंघको बारा जिल्ला अध्यक्षमा शिवकुमार सर्राफ चयन हुनुभएको छ ।

शनिवार कलैयाको वरियापुर रोडमा रहेको होटल करण प्यालेसमा भएको सम्मेलनले शिवकुमार सर्राफको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको पूर्व उपाध्यक्ष तथा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका सर्राफ वैश्य महासंघमा आफु निर्वाचित भएपछि भन्नुभयो “अव म आफ्नो पेशागत हकहितका साथै समाजसेवामा समेत डटेर लाग्नेछु” । मधेशको राजनीतिमा वैश्य महासंघको भोटलाई पनि निर्णायक र शक्तिशाली भोटको रुपमा लिने गरीन्छ । राजनीति सँगै सामाजिक सेवामा वैश्य महासंघबाट अवको दिनमा क्रियाशिल भएर लाग्ने भएकाले अधिकारको लागि एकतालाई महशुस गरी वैश्य महासंघलाई आगामी दिनमा अझ शक्तिशाली बनाउने अध्यक्ष सर्राफको भनाई छ । त्यसो त सर्राफले यस अघिका गढिमाई मेलामा पनि स्वर्णकार समाजको तर्फबाट भण्डारा,बासको व्यवस्थापन गर्दै आएका थिए ।

वैश्य महासंघ मधेशको २२ वटा भन्दा बढी जातिय समुदाय मिलेर वनेको महासंघ हो । कार्यक्रममा पूर्वमन्त्री ज्वाला साह,जितेन्द्र सोनल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्