७ पौष – काठमाडौं, भारतले महाकाली नदी नियन्त्रणका निम्ति बाँध बनाउनका लागि पानी नेपालतर्फ ‘डाइभर्सन’ गरेपछि विवाद भएको छ । महाकालीमा ०७२ सालमा आएको बाढीपछि नदी नियन्त्रणका निम्ति दुवै पक्षबाट बाँध बनाइँदै छ । यसक्रममा नदी डाइभर्सन गर्दा बेलाबेला विवाद हुने गरेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ अनुसार नेपालतर्फ बाँध बनाउँदा भारत र भारततिर बाँध बनाउने क्रममा नेपालतर्फ पानी लगाउने गरिएको बताए ।
धेरै पानी नेपालतर्फ पठाइएको भन्दै आइतबार स्थानीय भेला भएर विरोध गरिरहेका छन् । विवादपछि सुरक्षा बल त्यहाँ पुगेको र भारतीय पक्षसँग छलफल भइरहेको सीडीओ जोशीले जानकारी दिए ।
नदी डाइभर्सन गर्ने क्रममा सञ्चालित स्काभेटर र चालकलाई रोकेर भारतीय पक्षसँग छलफल भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्