९ बैशाख- काठमाडौं, गैरआवासीय नेपाली संघ ९एनआरएनए० उच्चस्तरीय समितिले आज नक्साल स्थित होटल हिल्टनमा एक कार्यक्रम गरि महाधिवेशनको तयारीबारे जानकारी गराएको छ।
मे ३ देखि ५ मा हुने महाधिवेशनको तयारी को जिम्मा शेष घले नेतृत्वको रहेको छ । ६३ हजार ३ सय ३९ जना सदस्य भएको समितिका अनुसार अधिवेशनका लागि अहिलेसम्म २ हजार ७ सय ७२ जनाले डेलिगेट्स हुन चाहेको घले नेतृत्वको उच्चस्तरीय समितिले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
एनआरएनए उच्चस्तरीय समितिकी सदस्य एवम् केन्द्रीय प्रचार प्रसार समितिकी संयोजक रविना थापाले एकता महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेर तीव्र ढंगले काम भइरहेको बताइकी छन। समय खेर नफाली अधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको पनि उनले बताइन।
महाधिवेशनका लागि प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरू भइसकेकाले महाधेशनलाई सफल पार्न सबैसँग उनले आग्रह समेत गरिन्।
समितिकी सदस्य जानकी गुरूङले सर्वोच्च अदालतको परमादेश अनि फैसला कार्यान्वयन निर्देशनालयको पत्रपछि पनि आफूहरूले कार्यालयमा काम गर्न नपाएको गुनासो गरिन। कानुनलाई हातमा लिनेहरूका कारण बाहिर बसेरै काम गर्दा पनि उत्साहजनक उपस्थिति रहेको उनको दाबी रहेको छ।
अर्का उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले विगतमा अनलाइन भोटिङ गर्न हुँदैन भन्ने पक्षमा आफू रहे पनि अनलाइन भोटिङ गरिएका कारण अहिलेको समस्या आएको बताए, चुनाव जित्नको लागि आफू अनुकूल सदस्य बनाउँदा अहिलेको समस्या आएको उनको भनाइ रहेको छ।
उच्चस्तरीय समितिका अर्का सदस्य बिनोद कुँवरले एकता महाधिवेशन हुँदैन भनेर अनेक हल्ला फैलाइएको बताए।
पूर्वअध्यक्ष शेष घलेले दैवी प्रकोप र काबुभन्दा बाहिरको परिस्थिति बाहेक अधिवेशन नरोकिने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरूको संघर्ष संस्थालाई कसरी सुधार्ने भन्नको लागि रहेको समेत बताए। आफूहरू अदालतको परमादेशका आधारमा चलेको भन्दै उनले मिति संशोधन हुने वा तलमाथि गर्ने छुट कसैलाई नहुने, एनआरएनएको अधिवेशनका लागि राष्ट्रिय समन्वय परिषद ९एनसिसी० को अधिवेशन गर्नैपर्छ भन्ने केही नरहेको उनले बताए।
एनआरएनएको अधिवेशन समयमा हुनु पर्ने मा सबैको जोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्