असिना पानीले भारतमा लियो ३८ जनाको ज्यान

२९ चैत- भारत, बिहीबार असिना पानीका कारण भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा ३८ जनाको मृत्यु भएको छ ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतकको सङ्ख्या बढिरहेको सरकारले जनाएको छ ।मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ ।

बिहार सरकारले मृतकको परिवारलाई चार लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका छ ।

 

 

प्रतिक्रिया दिनुहोस्