डुबेर बेपत्ता भएका युवकको शव फेला

२९ चैत- डोटी, सेती नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

जिल्लाको शिखर नगरपालिका–४ बनोली बस्ने गणेश महराका १९ बर्षिय छोरा नरेश महराको शव फेला परेको छ। आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा महरा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए।

शुक्रवार खोलामै युवकको शव स्थानीय र प्रहरीको सहकार्यमा फेला परेको थियो। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्