लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२९ चैत- काठमाडौं, लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका ६९ वर्षीय यक्षध्वज कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७९ असार २८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्‍वरबाट पक्राउ गरेको   हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्