२८ चैता – काठमाडौं, नेपाल लगातार केही दिन यता विश्वकै प्रदूषित देशमा परी रहदा आजको वर्षा का कारण प्रदूषण कमी हुने देखिन्छ। काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ । आज मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको हो ।
मौसमविद्का अनुसार काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ र यो क्रम अझ केही समय रही रहने बताएका छन।
आज काठमाडौंमा मध्यम वर्षा हुनेछ र भोलि पनि वर्षा हुनेछ । भोलि भने केही कम वर्षा हुनेछ, शनिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ, तर आजजस्तो ठूलो वर्षा नहुने मौसमविद्ले बताएका छन।
वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षा भएको मौसमविद्ले बताए ।
प्रतिक्रिया दिनुहोस्