२७ चैत- बाँके, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर सहित ४ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शक्ति ठाकुरसहित सहायक कम्प्युटर अपरेटर ९ज्यालादारी० मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा(भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।
नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
टोलीले उनीहरूले प्रयोग गर्ने गरेको विद्युतीय उपकरण पनि नियन्त्रणमा लिएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्