२५ चैत- उदयपुर, मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित खरङ्गा भन्ने ठाउँमा बसको ठक्करबाट उदयपुरका एक पुरुषको मृत्यु भएको छ।
काठमाडौँबाट उपचार गरेर घर फर्किँदै गरेका त्रियुगा नगरपालिका–२ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानलाई विपरीत दिशाबाट आइरहेको ना ८ ख १८०९ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।
शौचालय गर्न बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको बसले ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको मकवानपुरको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परी टाउको, छाती र दाहिने खुट्टामा गम्भीर चोट लागेका उनलाई तत्काल ्हेटौंडा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको मृतकको आफन्तले जनाएका छन् ।
मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । ठक्कर दिने बसका चालक मोहन थापालाई नियन्त्रणलाई लिएर अनुसन्धान सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्