फाइल फोटो
२५ चैत- काठमाडौं, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । सोमबार लामिछानेलाई थुनुवा पुर्जी दिएर जिल्ला कारागार रूपन्देही चलान गरिएको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।आदेशलगत्तै शुक्रबार राति पक्राउ परेका लामिछानेलाई शनिबार काठमाडौंबाट भैरहवा लगिएको थियो । आइतबार सरकारी बिदाका कारण उनलाई प्रहरीको हिरासतमै राखिएको थियो । सोमबार कार्यालय खुलेसँगै उनलाई कारागार पठाइएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमै पूर्वडीआईजी छविलाल जोशी पनि पुर्पक्षका लागि भैरहवा कारागारमै छन् ।
प्रतिक्रिया दिनुहोस्