२४ चैत- काठमाडौँ, नेपाल र अफगानिस्तान यू-१९ टिमबीचको एकदिवसीय सिरिज काठमाडँको मुलपानी क्रिकेट मैदानमा भै रहेको छ ।
आजको खेलमा अफगानिस्तानले अन्तिम एक खेल बाँकी हुँदै जितेको छ। अन्तिम ओभरमा नेपाल पराजित हुन बाध्य भएको छ।
आइतबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई एक रनले पराजित बनायो। अन्तिम ३ बल बाँकी हुँदा नेपाललाई जितका लागि २ रन आवश्यक थियो।
अन्तिम ओभरको तेस्रो बलमा नेपाली खेलाडी ध्रुव सोनार बोल्ड भएका थिए तर उक्त बललाई अम्पायरले नो बलको इसारा गरे पनि नेपाली खेलाडी सोनारले अम्पायरतिर हेर्दै नहेरी क्रिज छाड्न पुग्दा अफगानी खेलाडी खालित अहमदजाइले रनआउट गरे। जसका कारण नेपाल जितनजिक पुगेर पराजित भयो। जितसँगै अफगानिस्तानको युवा टिमले सिरिज २-० ले जितेको हो।
१ सय ६९ रनको मध्यम स्कोर पछ्याएको नेपाल ४९.३ ओभरमा १ सय ६७ रनमा अलआउट भयो।
प्रतिक्रिया दिनुहोस्